विश्वमा प्रचलित रहेका धर्म-सम्प्रदायहरू माझ रहेको आपसी द्वन्द्वहरूलाई विश्लेषण गर्दा समावेशी अभ्यासमा सनातन हिन्दु धर्म रहकाले आपसि घृणा र द्वन्द्वबाट मुक्त रहको छ । अरब इजरायलबीच एकै पुर्खा अब्राहमका सन्तानहरूबाट प्रारम्भ भएको यहुदी, क्रिश्चियन र इस्लाम धर्मका बीच रक्तपातपूर्ण युद्ध नै रहेका छन् । साथै क्रिश्चियन धर्मभित्र कै दश सम्प्रदाय र सयौं शाखाहरूका बीचमा पनि कटुतापूर्ण सम्बन्ध भएकोले त्यसको कारण र समाधनामा कसैले पनि प्रयास गरेको पाइन्छन् । इस्लाममा पनि सिया र सुन्नी मूल दुई सम्प्रदाय तथा अन्य केहीँ समुदायबीच पनि कटुतापूर्ण सम्बन्ध रहेको पाइन्छ ।
यस्तो यथार्त परिस्थितिले धर्मप्रतिकौ अनास्था बढन सक्ने परिस्थिति पनि नआउला भन्न सकिन्न । त्यस्तो अवस्थामा सनातन धर्मका सम्प्रदाय र शास्त्रको बीचमा मेलमिलापको अवस्था पाइनुले समावेशी अभ्यासको महत्व बुझ्न सहज बन्दछ । आपसी सदभाव, सहिष्णुता र मेलमिलापको विविधता देख्न र अनुभूति गर्न सकिन्छ ।
नारी-पुरुष समानताको प्रसंग आज जोड-तोडका साथ विश्वभरि नै उठिरहेका बेला प्राचीन सनातन धर्ममा देवी देवताको परिपूरक सम्बन्ध रहेको पाइन्छ । ‘यस नर्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ मान्यताका कारण पनि नारी सम्मान उच्च रहेको बुझ्न सकिन्छ ।
पाञ्चायन पूजा पद्ध्रति :
शिव, विष्णु, देवी, नारायण र सूर्य देवता पाञ्चायन देवताको रूपमा सनातन हिन्दुहरूले प्रत्येक दिन पूजन गर्ने परम्पराले एकेश्वरवाद भन्दा बहुदेववादलाई पुज्दै आउने त्यही समावेशी अभ्यासको उदाहरण हो । आफ्नो मूल इष्टदेवतालाई अग्रभागमा राखी अन्य देवतालाई त्यही क्रमानुरूप पुज्नाले सबैको समान मान्यतालाई स्वीकारेको स्पष्ट देखिन्छ । पञ्चभूतको सृष्टिलाई हृदयंगम गर्दै पञ्चदेव प्रधान पञ्चायन पद्धतिले सबै देवता मान्ने भक्ततहरूको सम्मानका कारण आपसी द्वन्द्व हट्न गई विविधतामा एकता स्थापित गराउन सकेको छ । धर्मको नाउँमा भएको र भइरहेका द्वन्द्वलाई दिगो रूपमा समाधान गर्दै शान्ति र समृद्धिमा अघि बढ्न पाञ्चायन पूजा पद्धति विश्वका लागि उदाहरणीय बन्न सक्ने देखिन्छ ।
सनातन धर्म र द्वन्द्व व्यवस्थापन :
सनातन धर्मको मूल ग्रन्थ वेदमा रहेका मन्त्र र साधनाहरू गैरविभेदकारी र सहकार्यमा आधारित भएकाले सबैको प्रेरणा र आस्थाको ग्रन्थ बनेको छ । ‘संगच्छध्वं सं वदद्धवं सं वो मनांसि जानताम देवा भागे यथा पूर्वे सज्जानानां उपासते’ ऋगवेद १०/१९१/२ को मन्त्र र वचनले सँगै बोलौ एउटै मन बनाएर प्राप्त उपलब्धिको समान ढंगले उपभोग गरौँ भन्ने उपदेशले आपस्नी द्वन्द्वको स्थिति कहिलै आउन नदिई द्वन्द्व व्यवस्थापन गरिरहेको हुन्छ । समावेशी उपभोगको आदर्श बोकेको वैदिक सिद्धान्त भएकाले शान्ति र समृद्धि सहजै प्राप्त गर्न सकिन्छ ।
सबैको समान विकाश हवोस्, वितरण पनि समान हवोस् भन्ने उद्देश्यले श्रीमद्भागवत महापुराणमा पनि स्पष्ट सन्देश दिएको पाइन्छ । ‘यावत् म्रियेत जढरं तावत् स्वेत्वहि देहिनाम् । अधिक योभिमन्येत स स्तेनो दण्डमर्हति’ अर्थात् जति द्रव्य भोक मोटाउन आवश्यक छ त्यति प्राप्त गर्नमात्र व्यक्तिलाई अधिकार छ । त्यसभन्दा बढी संग्रह गर्नु दण्डनीय छ भन्ने भनाइ बढी संग्रहको विरुद्ध हुनाको साथै समाजवादी समावेशी रहेको छ ।
देवी र देवताको परिपूरक सम्बन्ध :
नारी पुरुष समानताको प्रसंग आज जोड-तोडका साथ विश्वभरि नै उठिरहेका बेला प्राचीन सनातन धर्ममा देवीदेवताको परिपूरक सम्बन्ध रहेको पाइन्छ । ‘यस नर्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ मान्यताका कारण पनि नारी सम्मान उच्च रहेको बुझ्न सकिन्छ । ब्रहृमा, विष्णु, शिव, भैरब, बरुण, यम, अग्नि, गणेश, कुमार, सूर्य, चन्द्र आदिलाई पुरुष देवताका रूपमा पुजिन्छ भने सरस्वती, लक्ष्मी, पार्र्वती, दुर्गा, काली, भैरवी, गंगा आदिलाई नारी देवीको रूपमा पुजिन्छ ।
यो परम्परामा प्रकृति र पुरुषको परिपूरक सम्बन्ध वा स्त्री र पुरुषको परिपूरण सम्बन्ध रहे झैँ देवी-देवताको अवधारणा पनि त्यस्तो परिपूरक सम्बन्ध रहेको हुन्छ तर देवी-देवताका परिपूरक र स्त्री-पुरुष परिपूरण एकै प्रकारका होइनन् । यहाँ त देवी पनि प्रकृति र पुरुष दुवैका द्योतक र देवता पनि दुवैका प्रतिमा हुन् । अर्थात्, देवीमा पनि र देवतामा पनि चैतन्य रूप र शरीर रूप दुवै हुन्छन् तर देवी र देवताको अवधारणा विपरीतहरूको शक्ति सम्बन्धको समन्वयलाई सबैभन्दा स्पष्ट भने महत्वपूर्ण स्थान दिइएको छ ।
पहिचार र सामर्थ्य :
समावेशीसँगै बहुप्रचारित शब्दावलीका रूपमा सुनिएको शब्द पहिचान र सामर्थ्य पनि युग र समयानुरूप परिवर्तन हुँदै आउने कुरा हुन् । आर्थिक लाभ, बाध्य प्रभाव र अन्य समुदायप्रति द्वेष-घृणा फैलाउने रूपमा पनि चर्चामा ल्याइने गरेको आधारलाई सनातन धर्मका माध्यमले समाधान गर्दै शान्ति र समृद्धिमा पुग्न सकिन्छ । ‘अय यद् वामीयचक्षसा मित्र वयं च सुरय : । व्यचिष्ठे बहुपाथ्ये यर्ते महि स्वराज्ये ।’ अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यसतो स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौं भन्ने ऋगवेदको वचनले प्रजातन्त्र, राष्ट्रियता र समावेशीलाई सम्बोधन गरेको पाइन्छ । बहुमतका साथै विस्तृत शब्दको भावना सबै क्षेत्र, वर्गको पनि प्रतिनिधित्वको कुरा गर्दै समावेशी अवधारणालाई जोड दिएको पाइन्छ ।
बहुभाषिक, बहुसांस्कृतिक पहिचान बनाएको नेपालले बाहृय आधार र परिभाषालाई जस्ताको त्यस्तै अगिंकार गर्नु आवश्यक देखिँदैन । विभिन्न एकचालीस भाषाहरूलाई दैनिक प्रकाशनमार्फत अभ्यासमा ल्याएर गोरखापत्र संस्थाले मौलिक कार्य आफ्नै स्रोतमा गर्नाले वैदेशिक प्रभावबाट मुक्त गराउन सकेको छ ।
नेपालको संविधानले राज्य सत्तामा यही विस्तृत अवधारणालाई समानुमातिक प्रतिनिधित्व गराउने व्यवस्थाले कुनै पनि दलको बहुमतको सरकार गठन गर्न नसकी राजनीतिक अस्थिरता भइरहने स्थितिलाई संशोधन गर्ने कुरा उठिरहेको छ । साथै वास्तविक वर्ग र क्षेत्रको प्रतिनिधित्व नभई आफन्त भर्ना गर्ने माध्यम बनेकाले सर्वत्र आलोचना भइरहेको छ । तसर्थ ऋगवेदको भावनानुरूप समावेशी प्रतिनिधित्व गराउनेतर्फ धार्मिक समुदायले पहल गर्नुपर्ने देखिन्छ । लोकसेवा आयोगमार्फत कर्मचारी छनौट प्रक्रिया तथा प्रावधानमा पनि सुधार गरिइन पर्ने कुरा राष्ट्रिय समावेशी आयोगको प्रतिवेदनमा उल्लेख भएकाले सनातन धर्मले प्रतिपादन गरेको मौलिक सिद्धान्तका आधारमा समावेशी प्रतिनिधित्वको व्यवस्था गर्नु उचित हुनेछ ।
भाषा संस्कृति र सनातन प्रभाव :
नेपालका विभिन्न भाषा, संस्कृति पनि सनातन संस्कृतिको प्रभावका कारण समावेशी समाज निमार्णमा महत्वपूर्ण सहयोगीका रूपमा योगदान पुर्याइरहेका छन् । हिमाल, पहाड तथा तराई, मधेसलाई जोड्दै अपनत्वको वातावरण बनाउन भाषा, संस्कृतिले स्वतस्फर्त रूपमा पु¥याइरहेको योगदानको समीक्षा गर्दै नेपाली मौलिक समावेशी सिद्धान्तको निर्माण गर्नुपर्दछ । बहुभाषिक, बहुसांस्कृतिक पहिचान बनाएको नेपालले बाहृय आधार र परिभाषालाई जस्ताको त्यस्तै अगिंकार गर्नु आवश्यक देखिँदैन । विभिन्न एकचालीस भाषाहरूलाई दैनिक प्रकाशनमार्फत अभ्यासमा ल्याएर गोरखापत्र संस्थाले मौलिक कार्य आफ्नै स्रोतमा गर्नाले वैदेशिक प्रभावबाट मुक्त गराउन सकेको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानले विभिन्न भाषाका पुस्तक, शब्दकोषको प्रकाशन गर्दै समावेशी समाज निर्माणमा भाषा-संस्कृतिको योगदान देखाउन सकेको छ । मुस्लिम समुदायमा गीतहरू गाउनका लागि धार्मिक रूपमा प्रतिबन्धित छ तर अर्वाध भाषी समुदायमा रहेको मुस्लिम समुदायले नेपालका विभिन्न संस्कारमा गीतहरू गाउँनाले सामाजिक समावेशीताको उदाहरण बनेको पाइन्छ । खुशीको र शोकमा नेपालका मुस्लिम समुदायले गाउने परम्परा मुस्लिम देशमा पनि पाइँदैन ।
‘अल्ला ने करि ली दुवा कबुल, हमारे घर बच्चा पैदा हुवा, बच्चा कै दादी खुसी भई है, बच्चा ने किया है कमाल, हमारे घर बच्चा पैदा हुवा ।’ एवं प्रकार पुत्र जन्मिएपछि अर्को संस्कार खुशीको अवसरमा पनि प्रार्थना गीत गाउने चलन रहेको छ । ‘अल्ला सन्नल से बोझी हमारी नाँव, गाजी मियाँ पार लगावो, लोहे कै छुरिया गढावैं कौन मियां, कौन बेगम, अल्ला मनावै, गाजी मियां पार लगावो ।’ विवाहका अवसरमा गाइने गीत पनि रोचक रहेका छन् ।’
कलमे के जोर से मक्के मदीने जइबै,
‘जोडा’ अरस से उतरा पहिरैं नबी रसुल ।
‘सेहर’ अरस से उतरा पहिरैं नबी रसुल ।
‘मकना’ अरस से उतरा बइठै नबी रसुल ।
‘दुलहिन’ अरस से उतरी बेलसैं नबी रसुल ।
एवं प्रकार भाषा संस्कृतिले निर्माण गरेका, अभ्यास गरिरहेका समावेशी आधारहरूलाई संरक्षण गर्दै निरन्तरता दिन सक्दा मौलिक दृष्टान्त बन्ने छ । हामी आफैंले गरिरहेका असल अभ्यासहरूलाई विश्वका सामु पनि देखाउन सक्दा सांस्कृतिक पर्यटनको पनि अभिवृद्धि गर्न सक्ने छौं । शान्ति, न्याय र मिलापका लागि अन्तर्सांस्कृतिक सहिष्णुता सबै क्षेत्रका लागि उपयोगी बन्नेछ । सनातन धर्म संस्कृति समावेशी समाज निमार्णमा महत्वपूर्ण सैद्धान्तिक आधार बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच