स्टार सिटी क्लब गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा-११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा चार-तीन गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्तिगोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले एक-एक को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको आठौं मिनेटमै स्टार सिटीका कमल देउवाले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफ एक-शुन्य मा रहेको खेलमा ७५ औँ मिनेटमा आयोजक गौरीगगाका नीराजन धामीले एक गोल फर्काएपछि खेल बराबरीमा सकियो ।

टाइब्रेकरमा स्टार सिटीका कुशल देउवा, माधव भण्डारी, किरण बोहरा र विष्णु चौधरीले गोल गर्नुभयो । गौरीगंगा स्पोर्ट्सका तर्फबाट प्रकाश बोहरा, भरत बोगटी र सन्दीप कडायतले मात्रगोल गर्न सक्नुभयो ।

प्रतियोगिता अन्तर्गत आइतबार बाजुरा र नवलपरासी आमनेसामने हुनेछन् । विजेता टोली अन्तिम चारमा पुग्नेछ । स्टार सिटीसँगै बर्दियाको नवयुवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन् ।

‘खेलौ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’भन्ने नाराका साथ गौरीगंगा-११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद चार लाख र उपविजेतालाई ट्रफीसहित नगद दुई लाख पुरस्कार प्रदान गर्नेे छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहितनगद १० हजार पुरस्कार दिइने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?