पोखरा । नेपाली क्रिकेट टोलीका युवा अलराउण्डर कुशल मल्लको अलराउण्ड प्रदर्शनमा आर्मीले पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्ल्यूलाई ११० रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितका लागि १९६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अल आउट भयो । मदन भण्डारीका निर्भिक पाठकले २३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक २८ रन जोड्नुभयो । रोनिम तिवारी १५, दिनेश सुवेदी २, अर्जुन रायमाझी ४, रणवीर यादव १६ र सौम्य रोय १० रनमा आउट हुनुभयो ।
आर्मीका कुशल मल्लले १.४ ओभरमा २ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो । साहब आलम र जितेन्द्र मुखियाले समान दुई विकेट लिनुभयो । विवेक यादव र रोहित पौडेलले एक÷एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । आर्मीका विवेक यादव १४ बलमा ३ चौका र २ छक्कासहित २९ रनमा नट आउट रहनुभयो । कुशल मल्लले २१ बलमा ३ छक्कासहित २५, रोहित पौडेल १२, बसिर अहमद २३ र सन्तोष कार्की ४१ रनमा आउट हुनुभयो । कप्तान तथा ओपनर विनोद भण्डारी २४ बलमा ३ चौका र ३ छक्कासहित ३८ रनमा आउट हुनुभयो । मदन भण्डारीका मेहुल श्रेष्ठले २, धवन सहानी र शुभम खनाल र कौशल रूपाखेतीले एक÷एक विकेट लिनुभयो ।
यस्तै अर्को खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ । पोखरामा भएको खेलमा जितका लागि पाएको ५९ रनको लक्ष्य मधेशले २८ बलमै भेट्टायो । मधेशका लागि अनिल साहले २५ रन बनाउनुभयो । इमरान शेख १७ र पवन सर्राफ १४ रनमा नट आउट रहनुभयो ।
यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा आउट भएको थियो । उसका लागि नरेन्द्र साउदले १८ रन बनाउनुभयो भने भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाउनुभयो । मधेशका हरिशंकर शाहले ४ तथा रूपेश सिंहले ३ विकेट लिनुभयो ।
यो जितपछि समूहमा मधेश र नेपाल पुलिस क्लबको समान २ अंक भएको छ तर रन रेटमा पुलिस अघि छ । पहिलो खेलमा मधेशलाई हराएको पुलिसले सुदूरपश्चिमसँग खेल्न बाँकी छ । समूह ‘डी’ मा आर्मी, कोशी र मदन भण्डारी ब्ल्यू छन् । समूह ‘डी’ को विजेताले समूह ‘ए’ को विजेता बागमतीसँग सेमिफाइनल खेल्नेछ । समूह ‘बी’ बाट एपिएफ सेमिफाइनलमा पुगेको छ । समूह ‘सी’ बाट पुलिस र मधेशमध्ये एक सेमिफाइनलमा पुग्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच