कांग्रेस गुल्मीले युवा तथा उद्यमी सम्मेलन गर्ने

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी। नेपाली काँग्रेस गुल्मीले युवा तथा उद्यमीहरुका लागि सम्मेलन आयोजना गर्ने भएको छ। नेपाली काँग्रेस गुल्मीको दोश्रो जिल्ला सम्मेलन समापनपछि बीपी स्मृति भवन तम्घासमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएको हो ।

दोश्रो जिल्ला सम्मेलन हजारौंको उपस्थितिमा भव्य रुपमा समापन गरिएको बताउँदै काँग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले गुल्मी काँग्रेसले युवाहरु तथा उद्यमीहरुको सम्मेलनमार्फत उनीहरुको आवश्यकता र आवाज सुन्न चाहेको बताउनुभयो ।

सभापति पन्थीले दोश्रो जिल्ला सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो । उहाँले पछिल्लो पटक पुराना राजनैतिक दलहरुप्रति जनतामा जबरस्त रुपमा वितृष्णा फैलाउन खोज्नेहरुप्रति गुल्मी काँग्रेसको सम्मेलनले पुराना राजनैतिक शक्तिहरुप्रति वितृष्णा छैन भन्ने देखाएको बताउनुभयो ।

सभापति पन्थीले दोश्रो सम्मेलन साँच्चिकै ऐतिहासिक बनेको बताउँदै दोश्रो सम्मेलनमा सहभागीहरु उच्च मनोबलका साथ गाउँ फर्किएको बताउनुभयो । उहाँले दोश्रो जिल्ला सम्मेलनले बलियो काँग्रेस, भरोसा र विश्वासको पार्टी बनाउन महत्वपूर्ण एजेण्डाहरु पारित गरेको समेत बताउनुभयो । काँग्रेसबाट निर्वाचित पालिकाहरुमा बजेट बनाउँदा युवाहरुलाई प्राथमिकतामा राखेर बनाउने समेत बताउनुभयो ।

सभापति पन्थीले सम्मेलनमा केन्द्रीय महामन्त्री गगन थापा, केन्द्रीय सदस्य नैन सिंह महर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनः लगायतका छिमेकी जिल्लाका नेताहरु सहभागी भएर सम्बोधन गर्नुभएकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सचिव भगतसिहं खड्काले दोश्रो जिल्ला सम्मेलनले पछिल्लो पटक देखिएको व्यवस्थाप्रतिको शंशय हटाएको जिकिर गर्नुभयो । काँग्रेसले ‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’ अभियान अन्र्तगत वडा, टोलटोलमा पुगेर अग्रजको योगदान स्मरण, सम्मान लगायतका रचनात्मक कार्यक्रमहरुले काँग्रेसलाई चलायमान बनाउने बताउनुभयो ।

पत्रकार सम्मेलनको सहजीकरण दोश्रो जिल्ला सम्मेलन प्रचारप्रसार संयोजक तथा जिल्ला सहसचिव छवि पाण्डेयले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा सभापति पन्थी, सचिव खड्का सहित जिल्ला सदस्य हरिकुमार श्रेष्ठ, कोषाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, प्रेस युनियन गुल्मीका सभापति रेमश कुँवर, लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा क्रियाशिल सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?