कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलालीमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका-३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१-००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साइकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?