अभिनेता प्रदीप खड्का हिन्दी फिल्ममा ‘डेब्यू’ गर्दै, ‘ऐरी’ फिल्म निर्माणको घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली चलचित्रका चक्लेटी नायक प्रदीप खड्काले हिन्दी फिल्म खेल्ने भएका छन् । उनले पहिलो हिन्दी फिल्म ‘ऐरी’ बाट आफुलाई हिन्दी फिल्ममा डेब्यू गर्ने तयारी गरेका हुन् ।

मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

खासगरी, हिन्दी भाषा र संस्करणमा निर्माण हुने फिल्ममा जीवन थापाको निर्देशन रहने छ । यो फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले मिलेर निर्माण गर्ने तय भएको छ । सुवास काले प्रदीपको अघिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्मातासमेत हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?