काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको छ ।
मंगलबार दिउँसो २ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने गरी सभापति देउवाले बैठक बोलाउनु भएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीको उपस्थिती रहनेछ ।
उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेशसभाको उपचुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउनेछ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सत्तारुढ नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाउन बाँकी छ भने एमाले, रास्वपा, नेकपा एसलगायतका दलले भने उपचुनावको उम्मेदवार टुंग्याइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच