एशिया कपमा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख दिने शुक्लाफाँटाको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउँसो श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?