पहुँच नपुगेका प्रतिभाका लागि ‘पुर्वी स्टार’ गायन प्रतियोगिता

हिमालय टाइम्स
Read Time = 4 mins

भोजपुर । प्रतिभा भएर पनि ठुला प्रतियोगितामा सहभागि हुन नपाएका नयाँ कलाकारहरुका लागि ‘पुर्वी स्टार' गायन प्रतियोगिता संचालन गरिएको छ । ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

हाङ अनलाइन म्यूजिक प्रालिले बुधवार बिहान भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन गर्दे प्रतिस्पर्धीका लागि आवेदन समेत खुला गरिएको जानकारी गराएको हो । मंसिर २५ गतेसम्म अनलाइन आवेदन लिएर पुष १ गतेबाट अडिसन सुरु गरिने कार्यक्रम निर्देशक टिआर लिम्बुले जानकारी दिनुभयो । सहभागिताको लागि आवेदन शुल्क एक हजार रुपैयाँ लाग्ने र सो रकम आयोजक कम्पनीको क्यूआरमा जम्मा गरि शुल्क तिरेको रसिद समेत पठाउन सकिने निर्देशक लिम्बुको भनाई रहेको छ ।

आयोजकका अनुसार प्रतियोगितामा तीन चरणका अडिसन संचालन गरिने छ । पहिलो चरणको अडिसन अनलाइन मार्फत हुनेछ र अडिसनका लागि ह्वाटस् एपमा गित गाएर भिडियो पठाउनु पर्ने छ । पहिलो अडिसनबाट छनौटमा परेका सहभागिले दोस्रो चरणको लागि ट्रयाकमा गित गाएर भिडियो अनलाइन मार्फत नै पठाउनु पर्ने र सो चरणमा छनौट परेका सहभागिलाई सुनसरीको धरानमा प्रत्यक्ष सहभागितामा लाइभ राउण्ड गरिने छ ।

पूर्वी स्टारको बिजेताले नगद चार लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । तेस्रो चरण देखि प्रत्येक राउण्डका उत्कृष्टले एक/एक थान गिटार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा संगितकार खगेन्द्र यक्सो र गायक कुसल थुलुङ रहेका छन् । पूर्वी स्टार गायन प्रतियोगितामा सवैले सहभागिता जनाउन पाउने छन् ।

पत्रकार सम्मेलनमा भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले प्रतियोगिताको प्रचार प्रसारमा भोजपुरमा क्रियाशिल पत्रकारहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । नेपाल पत्रकार महासंघका सचिव अर्जुन बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यकारी निर्देशक लिम्बु, संयोजक सुमन लिम्बु, पत्रकार महासंघ उपाध्यक्ष शारदा तामाङ, सदस्य गोकुल भुजेल, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?