काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीमप्रसाद गौतम नियुक्त हुनुभएको छ । इप्पानले गौतमलाई बुधबार तीन वर्षका लागि नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई सिइओका रूपमा इप्पानमा स्वागत गर्दै गौतमको कार्यकालमा इप्पानले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सिइओमा नवनियुक्त गौतमले पनि इप्पानलाई नयाँ उचाइ दिन आफूले शतप्रतिशत योगदान दिने बताउनुभयो । काभ्रेको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आउनुभएको छ । गौतम नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच