काठमाडौं । प्रभु क्यापिटल र एन्ट फाउण्डेसनबीच सम्झौता भएको छ । सम्झौताअनुसार कम्पनीले क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा ऐक्यबद्घता जनाउँदै फाउण्डेसनलाई सामाजिक उत्तरदायित्व कोषमार्फत् आर्थिक सहयोग गरी उक्त अभियानमा सहभागिता जनाउनेछ । प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एन्ट फाउण्डेसनका फाउण्डर प्रशान्त ताम्राकारले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्व हुने महिला दिदीबहिनीबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकम साथै योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउण्डेसनलाई महिला सशक्तीकरण तथा महिलामा हुने स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रममा सहयोग गर्ने उल्लेख छ ।
महिलालाई केन्द्रित गरी सञ्चालित लगानी व्यवस्थापन सेवामा महिला ग्राहकले न्यूनतम तीन लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौचनले भन्नुभयो, ‘महिलाहरूलाई आर्थिकरूपले सबल बनाउनु भनेको समाज नै सशक्त बनाउनु हो भन्ने मान्यतासाथ प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको यो प्रभु ऐश्वर्या योजना तथा एन्ट फाउण्डेसन दुवैले महिलाहरूको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुँदा दुवै संस्थाको उद्देश्यमा एकरूपता देखिएकाले यो सम्झौता गरेका हौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच