डलरको भाउ घट्दो क्रममा, कतिमा भइरहेको छ- विदेशी मुद्राको खरिद बिक्रि ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आज डलरको भाउको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०४ रुपैयाँ र बिक्री दर ८८.४४ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४० पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २९ पैसा र बिक्री दर १० रूपैयाँ ३४ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४६ रुपैयाँ र बिक्री दर ३५.६२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७२ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.२२ पैसा र विक्रीदर ४३३.१६ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?