अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । एक सय वर्षको उमेरमा किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको अन्र्तराष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ।

उनी सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । रिपब्लिकन पार्टीका उनी भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?