एमालेको समृद्धिका लागि संकल्प यात्रा बैतडीबाट सुरु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको छ । बैतडीको झुलाघाटबाट एमालले समृद्धिको यात्रा सुरु गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा बिहिबार झन्डोत्तलन गर्दै झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्घाटन गरेका हुन् ।

केपी शर्मा ओलीको नेतृत्वमा सञ्चालन हुने यात्रामा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष, केन्द्रिय कमिटिका सदस्य, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यलगायतका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

देशको अधिकांश भू–भाग ओगटेको मध्यपहाडी क्षेत्र रहेकाले यो यात्राले सबै राजनितिक दलसामू थुप्रै सम्भावनालाई पहिल्याउने एमालेको दाबी छ । जलश्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै भएकाले समृद्धिको आधार नै मध्यपहाडी क्षेत्रमा रहेको संकेत गर्ने नेकपा एमालेको दावी छ । यो संकल्प यात्रा ३ हप्तासम्म चल्ने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?