झुलाघाट-चिवाभञ्ज्याङको यात्रा सम्भावनाको अध्ययन गर्ने यात्रा हो : अध्यक्ष ओली

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सम्भावनाको अध्ययन गर्ने यात्रा भएको बताउनुभएकाे छ । बिहीबार बैतडीको झुलाघाटबाट यात्राको उद्घघाटन गर्दै अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य तथा रोजगारीका सम्भावनाको अध्ययन गर्ने र जनता संग सघन सवांद गर्ने यात्रा भएको बताउनुभएकाे हाे ।

अध्यक्ष ओलीले यात्राका क्रममा नेपालको मध्य पहाडी भू-भागमा विकासका सम्भावना, युवा जनशक्तिहरुका लागि रोजगारीका अवसर , उत्पादन, सिप विकासको अध्ययनबारे जनतासँग सघन संवाद गरिने बताउनुभयो । जनताका अपेक्षा, समस्या र समाधानका उपायहरु पनि खोजीने उहाँले बताउनुभयो ।

संवाद र अध्ययनको यात्रा भएको बताउदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो यात्राले देशको हितमा परिवर्तनको हितमा, लोतान्त्रिक गणतन्त्रको हितमा, सुसासन विकासको पक्षमा र समृद्ध नेपाल र सुखी नेपालीको पक्षमा महत्वपुर्ण योगदान पुर्‍याउनेछ ।’

यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सहि बाटोमा ल्याउने सन्दर्भमा चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरुको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरुको संकलन गर्नु पनि अभियानको उद्देश्य रहेको एमालेले जनाएको छ । मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ । यात्रा पुस १ मा चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?