
हेटौंडा । हेटौंडामा जारी हेटौंडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगितामा बिहीबार तेस्रो चरणका खेल सम्पन्न भएका छन् । भारतका सुभयान कुण्डु, बंगलादेशका आइएम मोहमद मिजाउदिन, फिडे मास्टर, मोहमद सरिफ, हुसैन नयेम हक, भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके समान तीन अंकसहित संयुक्तरूपमा शीर्ष स्थानमा छन् ।
२३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरीयताका भारतीय खेलाडी कुण्डुले तेस्रो चरणमा नेपाली यू-१५ का पुरुषोत्तम सिलवाललाई हराउनुभएको थियो । नेपालका सुश्रुत दाहाललाई माथ दिँदै दोस्रो वरीयताका बंगलादेशी आइएम मोहमद मिजाउदिनले पनि तीन अंक बटुुल्न सफल हुनुभयो ।
बंगलादेशी एफएम मोहमद सरिफले नेपालका राजन सुवेदीलाई र नयेम हक भारतनका मोहित कसमार सोनीलाई पराजित गर्नुभयो । भारतीय एफएम अर्बिन्देर प्रित सिंहले भारतकै शसुन्तोष कुमारलाई पन्छाउनुभयो भने एरिना एफएम सौरभ चौबेले भारतका अमित धोन्दियाललाई माथ दिनुभयो ।
यसैगरी, भारतका श्रयण मजुम्दारले बंगलादेशका मोहमद रसिदलाई पराजित गर्न सफल हुनुभयो । अमरदीप बर्ट्टकेले श्रीलंकाका खेलाडी सचिने रणसिंघेमाथि बाजी मार्नुभयो ।
बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर (आइएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसँग बराबरमा रोकिनुभयो । दुवैको समान २.५ अंक छ । त्यसैगरी बंगलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरिउम समान साढे दुई अंकका साथ पछ्याउँदै हुनुहुन्छ ।
वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल, श्रीलंकन महिला अन्तर्राष्ट्रिय मास्टर(डब्लुएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआइएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईं, युवा खेलाडी शुभम् श्रेष्ठ र राजन सुवेदीको दुई अंक छ ।
त्यस्तै मोहितकुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंक जोड्न सफल हुनुभएको छ ।
कुल पाँच लाख ८७ हजार ५०० रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट १५ र क्याटवरी २३ गरी कुल ३८ जना खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको विशेष सहयोगमा तथा नेपाल खेलकुद महासंघ, हेटांैडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघले संयुक्तरूपमा आयोजना गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच