सांघाई । अटोमोटिभ पार्टपुर्जा (सवारी साधन), उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्षित सांघाई अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका पाँच हजार ६०० भन्दा बढी कम्पनीहरू सांघाईमा भेला भएका छन् । कार्यक्रमको प्रदर्शनी क्षेत्र तीन लाख वर्गमिटरमा फैलिएको बताइएको छ । संयुक्त राज्य अमेरिका, पोल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, इटाली र बेलायतलगायत ४१ देश र त्यस क्षेत्रका व्यावसायिक प्रदर्शकहरू मेलामा सहभागी छन् ।
नयाँ ऊर्जा वाहन आपूर्ति शृंखलाको वृद्धिलाई ध्यानमा राख्दै, परम्परागत क्षेत्रहरूमा रूपान्तरण र स्तरवृद्धिका अतिरिक्त अन्य थुप्रै अन्तर्राष्ट्रिय अटोमोटिभ बजारका बढ्दो अवसरहरू अन्वेषण गर्न हाल विश्व बजार चीनतिर लम्किरहेको मेस्से फ्रान्कफर्ट (एचके) लिमिटेडका महाप्रबन्धक फियोना चिउले उल्लेख गर्नुभएको छ ।
चाइना अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसनले जारी गरेको तथ्यांकअनुसार चीनको अटोमोबाइल उत्पादन र बिक्री दुवै गत वर्षको सोही अवधिको तुलनामा क्रमशः आठ प्रतिशत र ९.१ प्रतिशतले बढेर करिब २४ करोड युनिट पुगेको छ ।
सो कार्यक्रम १८औँ संस्करणका रूपमा बुधबार सुरु भई डिसेम्बर २ सम्म चल्नेछ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच