राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको लडेर मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ ।

बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको एन्फाले जानकारी दिएको छ ।

थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिमको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले न्यूरोड टिम (एनआरटी) र महावीर क्लबबाट घरेलु फुटबल खेल्नुभएको थियो । फुटबल करियरपछि थापाले १९९६ मा राष्ट्रिय फुटबल टिमको प्रशिक्षक र त्यसपछि एन्फा सहायक–महासचिवको रूपमा पनि काम गर्नुभएको थियो ।

एन्फाका अनुसार अन्तिम श्रद्धान्जलका लागि थापाको पार्थिव शरीर शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा राखिने र उहाँको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?