खाँड छुट्ने कि नछुट्ने केही बेरमा फैसला आउँदै, उच्च अदालत बाहिर भीड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसला आउन लागेको छ ।

हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसला आउने सम्भावना रहेको जनाइएको छ ।

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहनुभएका नेपाली कांग्रेसका नेतासमेत रहनुभएका पूर्व गृहमन्त्री खाँणलगायतको मुद्धामा केही बेरमा फैसला आउन लागेको हो ।

आज आउने फैसलाले खाँड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । उच्च अदालतमा अहिले भीड बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?