राष्ट्रिय शतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीहरुको अनुगमन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन शुरु गरेको छ ।

कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै शतर्कता केन्द्रले बिहीवार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो । सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि शतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय शतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो । सचिवज्युले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’

सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरुले कुनै न कुनै बहना बनाउने गरेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?