‘भीष्म प्रतिज्ञा’ तेजनाथ दंगालको खण्डकाव्य हो । महाभारतको कथाका भीष्मले गरेको प्रतिज्ञामा आधारित खण्डकाव्य हो यो । यस खण्डकाव्यको प्रकाशक संगीता फुयाँल रहनुभएको छ भने पुस्तक हालैमात्र अर्थात् २०८० साल कात्तिकमा प्रकाशित भएको छ । डिएमआई साइजको यो पुस्तक ५०० को संख्यामा प्रकाशित भएको छ । पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै पाइन्छ । यसमा पहेंलो हलुका कागजको प्रयोग भएको छ ।
आवरण चित्र निश्चल खतिवडा र रविन्द्र घिमिरेले तयार पार्नुभएको छ । आवरण आकर्षक छ । यहाँ उनै पौराणिक पात्र भीष्मको आकृति अंकित गरिएको छ र उनीसँग वार्तारत अर्को व्यक्ति पनि देखाइएको छ । उनी आकाशको चन्द्रमातर्फ देखाएर प्रतिज्ञारत छन् । गाढा नीलो पृष्ठभूमिको आवरणमा माथि सेता ठूला अक्षरमा पुस्तकको शीर्षक राखिएको छ ‘भीष्म प्रतिज्ञा’ भनेर र त्यससँगै कोष्ठमा साना सेता अक्षरमै यसको विधा तोकिएको छ ‘खण्डकाव्य’ भनेर । तल खण्डकाव्यकारको नाम साना सेता अक्षरमा ‘तेजनाथ दंगाल’ भनेर दिइएको छ ।
पृष्ठआवरणमा फोटोसहित खण्डकाव्यकारको चिनारी दिइएको छ । जसअनुसार दंगाल अयोध्यादेवी र कृष्णप्रसाद दंगालका छोरा हुनुभएको थाहा हुन्छ । उहाँ काठमाडौं महानगरपालिका-७, चाबहिल मैजुबहालका बासिन्दा भएको जानकारी यहाँबाट पाउन सकिन्छ । त्रिभुवन विश्वविपद्यालयबाट नेपाली र इतिहासमा स्नातकोत्तर गर्नुभएका उहाँ पेशाले अध्यापक हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालयमा समेत अध्ययन गर्नुभएका दंगालले केही मानसम्मान र पुरस्कारहरू पाउनुभएको छ भने अनुसन्धानात्मक कार्यमा समेत उहाँ संलग्न हुँदै आइरहनुभएको छ ।
खण्डकाव्यकारले जुन विषयको छनौट गर्नुभएको छ यसबाट उहाँमा पौराणिक ग्रन्थहरूको ज्ञान भएको पुष्टि हुन्छ । उहाँबाट यसरी पहिलो पटक पुस्तक सार्वजनिक हुनु आफैँमा उपलब्धि हो । यसका लागि उहाँलाई बधाई तथा सफलताको कामना छ ।
विभिन्न पत्रपत्रिकाहरूमा उहाँका विभिन्न विधाका रचनाहरू प्रकाशित हुँदै आएका छन् । यो पुस्तकसँगै उहाँको ‘गजेन्द्र मोक्ष’ शीर्षकको पुस्तक पनि प्रकाशित भएको छ । निकट भविष्यमा उहाँको ‘कहर’ शीर्षकको गजलसङ्ग्रह प्रकाशित हुने जनकारीसमेत यस पृष्ठमा गराइएको छ । यस पृष्ठको तल प्रकाशकको नाम र ठोगानाका साथै बारकोड दिइएको छ ।
पुस्तकको सर्वाधिकार रचनाकारमै रहेको जनाइएको छ । पुस्तकमा भूमिका खण्डमा १६ र पाठ्यखण्डमा ४९ र गरी जम्मा ६५ पृष्ठ रहेका छन् र पुस्तकको मूल्य २५० रुपैयाँ छ । भूमिका खण्डमा खण्डकाव्यकारले यो पुस्तक आफ्ना हजुरबा देवदत्त दंगाल र हजुरआमा रत्नमाया दंगालमा समर्पण गनुएभएको छ र त्यसपछि डा.नवराज लम्सालको ‘समयको पुनः प्रतिज्ञा : भीष्म प्रतिज्ञा’ प्रकाशक सङ्गीता फुयाँलको तर्फबाट ‘प्रकाशकको कलमबाट’ र खण्डकाव्यकार दंगालको तर्फबाट ‘मेरो आफ्नै कुरा’ रहेका छन् ।
त्यसपछि खण्डकाव्यको पाठ्यखण्ड सुरु हुन्छ । सुरुमा ‘भीष्मप्रतिज्ञापूर्वको शाब्दिक भाव’ छ यो मङ्गलाचरणका रूपमा आएको छ । त्यसपछि मत्स्यगन्धाको उत्पत्ति, मत्स्यगन्धा र परासर ऋषिबीच भेटभाट र सम्बन्ध, पुत्र व्यासले बिदा लिएपछि माता सत्यवती पिता निषदराजसँग रहँदा, सत्यवती र राजा शन्तनुको भेटघाट तथा प्रेम सम्बन्ध, राजा शन्तनुले दाशराजसँग सत्यवतीको हात माग्नु, राजा शन्तनु सत्यवतीसँग विवाह हुन नसकेपछि चिन्ताग्रस्त हुनु, युवराज देवब्रतले राजा शन्तनुका सारथीसँग सोधपुछ गर्नु र वास्तविकता पत्ता लगाउनुलगायत शीर्षकहरूमा पठ्यअंशको विस्तार भएको छ । यसैगरी अन्त्यको शीर्षक ‘देवब्रतले निषदराजसँग शर्तबमोजिम देवब्रतले प्रतिज्ञा गर्नु’ भन्ने रहेको छ । यस शीषकअन्तगर्तको पाठ्यअंश तुलनातमक रूपमा लामो छ । सुरुमा उहाँ
राग र क्रोध तोडेर जञ्जाल लालसा सबै
प्रेमभाव बढाएर शान्ति छर्नु यहाँ खुबै ।
भन्नुहुन्छ भने अन्त्यमा भन्नुहुन्छ :
यसको उसको भन्दै हुने बेकार मन्थन
त्यागौँ स्वार्थ दिलैले नगरौँ भाइ गन्थन ।
यसरी खण्डकाव्यकारले जुन विषयको छनौट गर्नुभएको छ यसबाट उहाँमा पौराणिक ग्रन्थहरूको ज्ञान भएको पुष्टि हुन्छ । उहाँबाट यसरी पहिलो पटक पुस्तक सार्वजनिक हुनु आफैँमा उपलब्धि हो । यसका लागि उहाँलाई बधाई तथा सफलताको कामना छ । यस्तै अन्य पुस्तकहरूका लागि उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच