बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिता शुरू, उद्घाटनमा पुगे क्यानका अध्यक्ष चन्द

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीमा शनिबारदेखि बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता शुरू भएको छ । सो प्रतियोगिता बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा प्रतियोगिता सुरु भएको हो ।

आज एनआरवाइसी र पञ्चकोटी बिच पहिलो खेल भइरहेको छ । पञ्चकोटीले टस जितेर ब्याटिङ गरिरहेको स्कोरर द्रोपती कुँवरले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले बताउनुभयो।

नेताहरु खेल जित्दा बधाई दिन्छन् क्रिकेटको विकासमा चासौ छैन : अध्यक्ष चन्द (क्यान )

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

शनिबार बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको बताउनुभएको हो।

‘स्थानीय तहहरूले क्रिकेट खेलमा लगानी गरिरहेका छैनन् । यसले खेल र खेलाडीप्रति अपमानको महसुस भएको छ।’, उहाँले भन्नुभयो ‘युवाहरूको चाहना क्रिकेटमा छ। तर यो खेलप्रति लगानी छैन। ’

क्रिकेटले नेपाललाई विश्वसामु चिनाइरहेका बेला यसको विकासका लागि तीनै तहका सरकारहरु अझै सक्रिय हुन नसेकेका उहाँको भनाई थियाे । ‘देशका उच्चस्तरका नेता क्रिकेट जित्दा बधाई मात्रै दिन्छन् ।’ उहाँले भन्नुभयो ‘आवश्यक खेलमैदान लगायतका पुर्वाधार निर्माणमा चासो देखाउदैनन् । '

पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १३ क्लबको सहभागीता रहेको छ। प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। बिडिसिए कपको यो २० औं संस्करणको नेपाल क्रिकेट संघका अध्यक्षे चन्दले बलिङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?