पिँजडामुक्त कुखुरापालनमा जोड

Read Time = 2 mins

काठमाडौं । पशुपक्षी कल्याणकारी संस्था एनिमल नेपालले पशुपक्षीको स्वतन्त्रताको सम्मानमा जोड दिएको छ । सोमबार अण्डा उत्पादन गर्ने कुखुराहरूको कल्याणका निमित्त आयोजित कार्यक्रममा संस्थाले पिँजडामुक्त खोरमा कुखुरापालन गरिनुपर्नेे भन्दै सम्बद्ध व्यवसायीलाई सचेत गराएको छ ।

हाल संकुचित तवरले खोरमा कुखुरा राखिएको, अर्गानिक दाना, स्वच्छ पानी र खुला बासस्थान व्यवस्थापन नभएको, सरकारले लागू गरेको मापदण्डले पशु कल्याणका पक्षमा कुनै ठोस प्रगति नदेखिएको, व्यवसायमुखी मात्र भएको र कुखुराको कल्याण सुनिश्चित नभएको संस्थाको भनाइ छ ।

पिँजडा वा बन्द खोरमा कुखुरापालन गर्ने विद्यमान अवस्था क्रूर र निर्दयी हुनुका साथै पिँजडामुक्त खोरमा अण्डा उत्पादन गर्ने कुखुरापालन कल्याणकारी नहुने संस्थाले जनाएको छ । त्यस्तै, पिँजडामुक्त खोरमा पालिएका कुखुराको शारीरिक बनावट र हाडको विकास राम्रो हुने, पिँजडामुक्त खोरमा कुखुराले पर्याप्तमात्रामा सूर्यको प्रकाश, स्वच्छ हावा प्राप्त गर्ने बताइएको छ ।

एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरापालन गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी वा उत्पादकलाई पिँजडामुक्त खोरबारे जनचेतना अभिवृद्धि गराई सशक्तीकरण गरी पिँजडामुक्त कुखुरापालन व्यवसायलाई प्रोत्साहित गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?