विद्यालयलाई एभरेष्ट बैंकद्वारा दुई लाख सहयोग

Read Time = 2 mins

काठमाडौं । एभरेष्ट बैंकले वीरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । वीरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरूका छोराछोरीलाई विद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यसाथ भवनको मर्मतसम्भार तथा रङरोगन प्रयोजनका लागि बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?