काठमाडौं । गत सातादेखि नै निरन्तररूपमा घट्दोक्रममा रहेको सेयर बजार सोमबार भने १३.२८ अंकले बढेर १९९२.३० अंकमा पुगेको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये १० वटाको बढेको छ भने तीनवटाको घटेको छ । फाइनान्स, लघुवित्त र म्युचुअल फण्डको इण्डेक्स सामान्य घटेका हुन् । उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक २.५१ प्रतिशतले बढेका छन् भने होटल तथा पर्यटनमूलक १.४५, जलविद्युत् १.३६ र ब्यापार इण्डेक्स पनि १.३४ प्रतिशतले बढेको छ ।
यस दिन तीन सय १४ कम्पनीका ५९ लाख ८८ हजार सात सय १७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भएका छन् । आइतबार तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार कित्ता सेयर तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएका थिए । अघिल्लो दिनको तुलनामा सोमबार दैनिक कारोबार रकम एक अर्ब ६ करोड ९२ लाख रुपैयाँले घटेको हो ।
कारोबारमा आएका तीन सय १४ कम्पनीमध्ये एक सय ९८ वटाको सेयर मूल्य बढेको छ भने एक सय दुईवटा कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबारका आधारमा शीर्ष स्थानमा रहेको सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको नौ करोड ७१ लाख ८० हजार रुपैयाँका दुई लाख २८ हजार १६ कित्ता सेयर खरिदबिक्री भएका छन् भने हिमालयन रि इन्स्योरेन्स सात करोड ७५ लाख, शिवम् सिमेन्ट छ करोड ६७ लाख, गोर्खाज फाइनान्स छ करोड २६ र सन् नेपाल लाइफको छ करोड १८ लाख बढीको कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त ८.१६, नेपाल वेयर हाउजिङ ७.६५, सोनापुर मिनरल्स एण्ड आयल ७.३५ र सिवाइसी नेपाल लघुवित्तको ६.७२ प्रतिशतले सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) जनाएको छ ।
समाज लघुवित्तका लगानीकर्ताको भने १० प्रतिशतले घटेको छ भने बिपिडब्लु लघुवित्त ८.७७, किसान लघुवित्त ५.५६, गोर्खाज फाइनान्स ५.३५ र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को ३.६० प्रतिशतले घटेको छ । सोमबारको बजार वृद्धिपछि कुल बजार पुँजीकरण ३१ खर्ब ३१ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ पुगेको छ । आइतबार बजार पुँजीकरण ३१ खर्ब १० अर्ब ८५ करोड ५८ लाख रुपैयाँ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच