
काठमाडौं । दोस्रो एनबिएसए लालीगुराँस कपको उपाधि नेपाल पुलिस स्कुलले जितेको छ । बुढानीलकण्ठ स्कुलमा भएको प्रतियोगितामा नेपाल प्रहरी स्कुलले भक्तपुर राइजिङ स्टारलाई फाइनलमा ९-३ स्कोरले पराजित गरी उपाधि कब्जा गरेको छ । नेपाल बेलबल तथा सफ्टबल संघले लालीगुराँस क्लब जापानको सहयोगमा गरेको उक्त प्रतियोगिताको उपाधि लालीगुराँसले जितेको हो ।
समापनमा राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष दिपक न्यौपाने, वरिष्ठ उपाध्यक्ष प्रदिप खत्री, कोषाध्यक्ष उपेन्द्र पौडेल तथा कार्यक्रम संयोजक संघका सचिव सञ्जीव फुयाल केसीलगायतको उपस्थिति थियो । खेलमा बेस्ट पिचर पुलिसका अर्पण राई, बेस्ट क्याचर पुलिसकै सविन थापा हुनुभएको छ ।
नेपाल पुलिस स्कुल, भक्तपुर राइजिङ स्टार, बुढानीलकण्ठ निलो र हरियो तथा गोर्खा क्रु क्लब ए र बी गरी छ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता राउण्ड रोबिनका आधारमा खेलाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच