लागोस । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ । उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणानुसार पछिल्लो समयसम्म ८५ शव प्राप्त भएको छ । अरू हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ ।
यता, सेनाले भने असावधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको जनाएको छ । यद्यपि, सेनाले कुनै हताहतीको तथ्यांक दिएको छैन । त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच