नेपाल वेयर हाउजिङ्गको आइपिओ बाँडफाँट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको थियो । पौने १३ लाख परेका आवेदनमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका थिए ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत आइपिओ बाँडफाँट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?