लेबनान–इजरायली सीमामा झडप जारी

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीच झडप जारी रहेको छ ।

हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण् गरिरहेको छ । इजरायली सेनाले टायर हर्फा र अल–जिबैन लगायत दक्षिणी लेबनानका धेरै सीमाना शहरहरूमा आक्रमण गरेको छ । द्वन्द्वको बावजुद अल–जिबैनका गाउँलेहरू सोही स्थानमा बसिरहेका छन् ।

त्यस्तै एक किसानले आफूहरुसँग पशुधनहरु रहेकाले गाउँ छोड्न नसकेको गाउँले खादिजा फरहतले बताए । हमास र इजरायल बीच एक हप्ता लामो युद्धविरामले यस क्षेत्रमा अस्थायी शान्ति ल्याएको थियो तर पुनः युद्ध शुरु भएपछि जनजीवन प्रभावित बनेको अर्का अली हसौनले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?