![सुकुमेलका फाइदै फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Benefits-of-Sukumel.jpg)
विराटनगर । सुरक्षित एवं स्वस्थ कार्यस्थलका साथै श्रमिक शक्तिमा उद्योगको उत्पादकत्व निर्भर रहने कुरालाई आत्मसात गर्दै उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा बिहीबारदेखि तीनदिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम सुरु गरेको छ । तालिममा संगठनका कार्यवाहक अध्यक्ष सुबोध कोइरालाले प्रविधिको विकाससँगै कार्यस्थलमा जोखिम र जटिलताका साथै नया“ चुनौती थपिँदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ, सुरक्षित, व्यवस्थित मर्यादित बनाउनुपर्ने आवश्यकता महसुस गरी संगठनले तालिम आयोजना गरेको बताउनुभयो । श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तरका साथै औद्योगिक विकासमा समेत प्रभाव पर्ने भएकाले जोखिम रोकथाम र न्यूनीकरणका उपाय सबैले अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो । असल उत्पादनको अभ्यासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने कोइरालाको भनाइ थियो ।
तालिम प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विशेषज्ञ दिनेशप्रसाद साहले तीनदिने तालिममा नीतिगत र कानुनी प्रावधान, व्यवस्थापन पद्धति र सुरक्षा योजना, सुरक्षित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणबारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकहरूलाई व्यावहारिक ज्ञान दिइने बताउनुयभो ।
तालिममा सहभागी उद्योग प्रतिष्ठानका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पद्धति विकास गरिने भन्दै उहाँले मानवीय एवं भौतिक क्षति न्यूनीकरण, उत्पादन प्रक्रिया एवं पद्धति जोखिममुक्त बनाउने, मेसिन औजारको सुरक्षित सञ्चालन विधि तालिममा समेटिएको उहाँले जानकारी दिनुभयो । सुनसरी मोरङ औद्योगिक करिडोरका २० उद्योग प्रतिष्ठानका व्यवस्थापक, प्रशासक र प्राविधिक गरी २५ जनाको सहभागिता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच