काठमाडौं । ज्योति विकास बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभवी ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंकमा आबद्ध हुनुहुन्थ्यो ।
चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इण्डिया, आइसिआइसिआई बैंक इण्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गरेको अनुभव रहेको छ । उहाँ एनआइसी एसिया क्यापिटल र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्षका साथै हाल ज्योति क्यापिटलको अध्यक्ष पनि हुनुहुन्छ । नवनियुक्त सिइओ ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उहाँको नेतृत्वमा आगामी दिनमा बैंक थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकका रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच