राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा आयाेजना गरेको आन्दोलनका क्रममा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

मधुवन नगरपालिकाका राप्रपाको अध्यक्षसमेत रहेका डाँगीको उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आज बिहान मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।

श्रेष्ठकाअनुसार डाँगीलाई आज मध्याह्न १२ बजे पार्टीकाे केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?