भोजपुरमा गत बर्ष भन्दा धान उत्पादन बढ्यो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । पहाडी जिल्ला भोजपुरमा गत बर्षको तुलनामा यस बर्ष धान उत्पादन बढेको छ ।

कुल १६ हजार सात सय ३५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यस बर्ष ४९ हजार पाँच सय ३४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । कार्यालयका अनुसार प्रति हेक्टर २ दशमलव ९६ मेट्रिक टन धानको उत्पादन भएको हो ।

गत बर्ष जिल्लाभरी करिब १६ हजार आठ सय २६ हेक्टर क्षेत्रफलमा ४९ हजार ४ सय ६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले बताउनुभयो ।

जिल्लामा कृषकहरुले हिउँदे र बर्खे गरी दुई बाली धान खेती गर्दे आएका छन् । पहाडी जिल्ला भएकाले वास्मती, खुमल, अटे, सानो मसिनो, बेलकुटी लगायत स्थानीय प्रजातीको धान कृषकहरुले लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?