नयाँ उपराष्ट्रपति चुनिनु अघि नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नयाँ उपराष्ट्रपति चुनिनु अघि नै उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाड्नुभएको छ ।

शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाड्नुभएको हो ।

उहाँको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?