ओपोको रात्रीकालीन फोटो अभियान

Read Time = 2 mins

काठमाडौं । ओपोले डिज्नील्यान्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ, जसमा रात्रीकालीन समयमा प्राकृतिकरूपमा उत्कृष्ट फोटो खिचिन्छ । रातमा उत्कृष्ट क्षण क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनका लागि चुनौती हो तर नयाँ फाइन्ड एक्स फाइभ सिरिजकोे हाई–टेक ४ के अल्ट्रा नाइट भिडियो र ५० एमपी वाइड र अल्ट्रा-वाइड एंगल क्यामेरा, बिलियन कलर डिस्प्लेका साथमा कुनै पनि प्रकाशमा अविस्मरणीय वा एसपिरेसनल अवसर रेकर्ड गर्न सक्षम बनाएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सपना, चमक, ऊर्जा र उज्यालो यी शब्द डिज्नील्यान्ड पेरिसको ३०औँ वार्षिकोत्सवको अन्तरनिहित अवधारणा हो, सोही अवधारणा ओपो फाइन्ड एक्स फाइभ सिरिजमा पनि लागू हुन्छ, त्यसैले ओपोले इन्फ्लुअन्सरहरूलाई उत्सव अनुभव गर्न र यस अविस्मरणीय क्षण आफ्नो क्यामरामार्फत् कैद गर्न पेरिस बोलाएको थियो । ओपो फाइन्ड एक्स फाइभले डिज्नील्यान्ड पेरिसका गेस्टलाई उत्कृष्ट सम्झना खिच्न र प्रतिष्ठित लाइट सो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वा ग्रेनी इमेजको सट्टा प्राकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छ ।

ओपो ग्लोबल मार्केटिङ अध्यक्ष विलियम लिउले भन्नुभयो, ‘ओपो फाइन्ड एक्स फाइभ प्रोले यस डिज्नील्यान्ड पेरिसको ३०औँ वार्षिकोत्सवका क्षण यति राम्रो र अविस्मरणीयरूपमा फोटो तथा भिडियोमार्फत् लिइएको छ कि अब यसले रात्रीकालीन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेलाई प्रेरित गर्नेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?