गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 8 mins

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ ।

विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण जनदबाब र्‍याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले वताउनु भयो । सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न संघ–संस्थाहरुको सहभागीता रहेको थियो ।

देवकोटाचोकबाट सुरु भएको र्‍याली बैंकरोड, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरुले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए ।

¥यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी., जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य महेन्द्र यादव, सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरबासीहरुको उपस्थिति रहेको थियो ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थलको टिकट नकाटेर आन्दोलनमा साथ दिन आग्रह गर्नु भयो । उहाँले विमानस्थल सञ्चालनका लागि विशिष्ट व्यक्तित्वहरुलाई ज्ञापनपत्र बुझाइसकेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने वताउनु भयो । ज्ञवालीले भन्नुभयोे,‘आन्तरिक हवाइ उडान बन्द गर्नु अगावै हाम्रो माग पूरा होस् । नेपाली जनताको करबाट बनेको विमानस्थल हो । यसलाई सञ्चालन गर्नैपर्छ ।’

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालन हुने भनेर विमानस्थल सञ्चालन भए यहाँ पचासौं लाख पर्यटक यहाँ आउने वताउनु भयो । उहाँले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा रहेको बताउनु भयो।

प्रदर्शनपछि बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन नआए प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयोे । पान्डेले यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिहरुले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार नदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिद्धार्थ सञ्जालले प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा म पनि उपस्थित रहेको थिएँ । नेतृत्वमा रहेका व्यक्तिले काठमाडौंलाई नेपाल र नेपाललाई काठमाडौं बुझ्नुहुँदैन । ’

मन्त्री पाण्डेयले शान्तिपूर्ण आन्दोलनले नमाने प्रचण्डजी जंगल गए जस्तै भने सन्तोष पाण्डे पनि सोहीअनुसार अगाडि बढ्न सक्ने चेतावनी समेत दिनुभयो । पान्डेले अब १२ जिल्लाका व्यक्तिहरु आन्दोलनमा सहभागी हुने बताउनु भयो । ‘विमानस्थल पूर्ण सञ्चालनका लागि सरकारबाट हटेर भए पनि नेतृत्व गर्नुपरे गरौंला ।’पाण्डेयले भन्नुभयो।

संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यो आन्दोलनलाई सानोतिनो नठान्न आग्रह गर्नु भयो । उहाँले सरकारको आँखा नखुलेसम्म आन्दोलन जारी रहने वताउनुभयो । नगरप्रमुख खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १–१ मिनेटमा उडान हुनुपर्नेमा जोड दिनुभयो । मेयरले भन्नुभयो, ‘लुम्बिनीको विकासले मात्र सरकारको विकास हुन्छ ।’ लुम्बिनी प्रदेश सदस्य देवी प्रसाद चौधरीले विमानस्थल सञ्चालनले सबैलाई लाभ हुने वताउनु भयो ।उहाँले प्रदेशमा कुरा उठाउँदा उठाउँदै पार नलागेपछि सडकमा आउनुपरेको बताउनु भयो।

प्रदेशसभा सदस्य हेमा बेल्बासे (के.सी.)ले सरकार सुतेजस्तो गरेको बताउनु भयो । उहाँले आन्दोलन सफल पार्न सडकदेखि सदनसम्म आवाज उठाउने वताउनु भयो।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले कुनै पनि अन्तर्राष्टिय उडान सञ्चालन हुन नसक्दा अरबौं लगानी गरेर होटल व्यवसायी धरासायी बन्दै गएको बताउनु भयो।

नेपाल टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र बहादुर थापाले यो आन्दोलनले सार्थक रुपमा लिने र सबैको साथ रहने विश्वास व्यक्त गर्नु भयो।

नेपाल इञ्जिनियरिङ एशोसिशयन लुम्बिनी प्रदेशका सभापति शैलेन्द्र प्रसाद श्रेष्ठले डेढ करोड नेपालीले प्रयोग गर्नुपर्ने यो विमानस्थल त्यसै थन्काइएको वताउनु भयो । उहाँले विभिन्न स्वार्थ लुकेको बताउनु भयो।

नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका महासचिव जे.पी. कंडेलले कुनै हालतमा पनि विमानस्थल सञ्चालन गर्नुपर्ने वताउनु भयो होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले विमानस्थल सञ्चालनका लागि हरेक आन्दोलनमा आफूहरुको ऐक्वद्धता रहेको र यसमा सम्पूर्ण भैरहवाबासीले साथ दिनुपर्ने बताउनु भयो।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले सिद्धार्थ सञ्जालको आन्दोलनमा साथ रहने वताउनु भयो। सिद्धार्थ सञ्जाल, रुपन्देहीका सल्लाहकार डा. शान्त कुमार शर्माले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो । विजय पाण्डेको सञ्चालनमा विरोध कार्यक्रम सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?