‘मौद्रिक नीतिको समिक्षाले माघ महिनासम्म कर्जाको ब्याजदर घटाउँछ’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समिक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताउनुभएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोईरालाले यस्तो बताउनु भयो । उहाँले घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुले पनि बिस्तारै कर्जा प्रवाह बढ्ने बताउनु भयो ।

उहाँले मौद्रिक नीतिको समिक्षाले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिएको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताउनु भयो । उपाध्यक्ष कोईरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिएको बताउनु भयो । उहाँले बैंकको निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्दा ऋणीहरुलाई सहज हुने बताउनु भयो । उहाँले बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको आएको छ । घरजग्गा कर्जा र शेयर कर्जाको जोखिम भार १५० बाट १२५मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन हुँदा बैंकहरुले विस्तारै कर्जा प्रवाह गर्ने अवस्था भएको छ । त्यसले आगामी पुस महिनादेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । मौद्रिक नीति मार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउन दबाब पर्छ । त्यसले कर्जाको ब्याजदरमा पनि घट्दै जान्छ । त्यसले ऋणीहरुलाई पनि सहुलियत हुने अवस्था आउँछ । बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन् । बैंकहरुले हेरक महिनामा ब्याजदर परिवर्तन गर्न पाउने नयाँ नियमले सहज गराएको छ । त्यसले बेस रेट घट्छ । माघमा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्ने देखिन्छ । अहिले बजारमा आशा कम भएको जस्तो लागेको हो । तर अब चाडपर्व भर्खरै सकिएका छन् । त्यसैले अब लचिलो मौद्रिक नीतिको समिक्षा आउँदा माग पनि बढेर जाने देखिन्छ ।’

उहाँले माघ महिनामा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्न दाबी गर्नुभयो । उहाँले चाडपर्व भर्खरै सकिएको भन्दै लचिलो मौद्रिक नीतिको समिक्षा आएकाले माग समेत वृद्धि हुँदै जाने जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?