![लेखातर्फ एकैपटक ५०८ जना कर्मचारीको सरुवा (सूचीसहित)](https://ehimalayatimes.com/wp-content/uploads/2023/03/Mahalekha-niyantrak-22-partisat-bikah-kharch.jpg)
धनगढी । छैटौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसिर २९ गतेदेखि हुनेभएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसिर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एकहप्ता पछाडि सरेको हो ।
क्लबले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता विशेष परिस्थितिका कारणले एकहप्ता सरेको जनाएको छ । क्लबका महासचिव ललित मिश्रले विज्ञप्ति जारी गर्दै विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिनुभएको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउनेछन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।
धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच