काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल तथा इनलाइटन मोटर्स प्रालिबीच विवाइडी गाडी खरिदकर्तालाई आकर्षक दरमा अटो लोनका लागि सम्झौता भएको छ । बैंक र रूपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच विवाइडी ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्दा ग्राहकलाई सहुलियत दरमा ऋण दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार ग्राहकले केवल एक प्रतिशत प्रिमियम दरमा अधिकतम् ८० प्रतिशतसम्म र अधिकतम् आठ वर्षसम्मका लागि अटोलोन पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच