रुपन्देही । कञ्चनमा कपडा बैंक शुभारम्भ, गाउपालिका मध्ये देशभरीमै पहिलो मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको कञ्चन गाउँपालिकामा सञ्चालनमा आएको छ।
एक कार्यक्रमका बिच कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, जेसीआई कञ्चनका अध्यक्ष जेसी धनपति ज्ञवाली (सन्देश) लगायतले क्लोथ बैंकको उद्घाटन गर्नुभएको हो।
क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका पुराना लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि।सीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए।
देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान गर्नु भयोे। मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उहाले आग्रह गर्नु भयो।
कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा कपडा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने अध्यक्ष जि।सीले बताउनु भयो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नवराज ढकालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गर्नु भयो ।
समाज परिर्वतनका लागि युवा समुहहरूले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउँदा र क्लोथ बैंक सञ्चालनमा कञ्चन गाउँपालिका देशमै पहिलो गाउँपालिका बनेकोमा खुसी व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्न सक्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई अनुरोध गर्नुभयो।
शुभारम्भ कार्यक्रममा जेसी धनपति ज्ञवाली (सन्देश)ले जेसीआईको आस्था “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो“ लाई आत्मसात गर्दै पुण्य कार्यमा सहकार्य गर्न पाएकोमा फूड एण्ड क्लोथ बैंक नेपालले जेसीआई नेपालका १७८ स्थानीय शाखा मध्य जेसीआई कञ्चनलाई छनौट गरी अवसर प्रदान गरेको धन्यवाद व्यक्त गर्दै यो पुनित कार्यको लागि सदैव हातेमालो गर्ने प्रतिबद्धता सहित अभियान सफलताको शुभकामना व्यक्त गर्नुभयो।
केही दिन अघि मात्र रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भएको थियो ।देशका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।
क्लोथ बैंकका अध्यक्ष जिसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको वताउनु भयो । सम्म १५४ वटा स्थानीय तह यो अभियानमा जोडिएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच