कालीकोटमा पहिलो पटक हस्तलेखन प्रतियोगिता, पीलि प्रथम

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता

सम्बन्धित तस्बिर : वडा नम्बर–१ को सभाहलमा आयोजित कार्यक्रम । मानबहादुर बिश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
Read Time = 3 mins

कालीकोट । कालीकोटमा पहिलोपटक खुल्ला हस्तलेखन तथा आर्ट (चित्रकला) प्रतियोगिता सम्पन्न भएकाे छ ।

शुक्रबार जिल्लाको खाँडाचक्र नगरपालिका–१ को सभाहलमा ५ औँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा एक कार्यक्रमकाबीच खुल्ला हस्तलेखन तथा आर्ट (चित्रकला) प्रतियोगिता गरिएको हो ।

विक्रम संम्वत् २०७४ सालमा स्थापित जनम बराल स्मृती फाउण्डेशनका वर्तमान अध्यक्ष प्रकाश बराल (आँसु) को सभापतित्वमा खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज ताम्राकारको प्रमुख आतिथ्यतामा जिल्ला शिक्षा तथा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द धिताल र खाँडाचक्र नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जसीप्रसाद चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको थियाे ।

हस्तलेखन तथा आर्ट (चित्रकला) प्रतियोगितामा आर्ट तर्फ ११ जना र हस्तलेखन तर्फ १७ जना सहभागी रहेको जनम बराल स्मृति फाउण्डेशनकास सचिव विवेक जैसीले जानकारी दिनुभयो ।

आर्ट तर्फ कालिका माध्यमिक विद्यालय सिमकोट पिलीका विश्वास मल्ल प्रथम, लोटल विकास एकेडेमी साम्रज्ञी पौडेल द्धितिय, र कालिका मावि पिलिका शंकर शाहीले तृतीय स्थान हासिल गरेको फाउण्डेशनका सदस्य भूपेन्द्र शाहीले जानकारी दिनुभयो ।

साे कार्यक्रममा हस्तलेखन तर्फ कालिका मावि पिलिका घात्रा कक्षा ९ मा अध्ययनरत विपना बिश्वकर्मा प्रथम, सोही विद्यालयका सुशील मल्ल द्धितिय र एटुजेट एकेडेमी एण्ड ट्रेनिङ सेन्टरको नाम लिई सहभागी हुनुभएकी महाबै गाउँपालिका तिला माबिका कक्षा ९ मा अध्यनरत छात्रा सुहाना सिंह ठकुरीले तृतीय स्थान प्राप्त गर्नुभएको हो ।

उक्त प्रतियोगिताको मूल्यांकन तिला कर्णाली बहुमुखी क्याम्पसका उप–प्राध्यानाध्पक दिपक थापा र जिल्ला शिक्षा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द धितालले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?