राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धी राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने सङ्गठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो ।

दुई दिन सम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकका निर्णय सोमबार मात्र सार्वजनिक गरिने पार्टीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?