प्रधानमन्त्रीकी नातिनी स्मिता दाहालले बोक्छिन् यी महंगा ‘ह्यान्ड ब्याग’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाल विशेषगरी मोडलिङ र गायन क्षेत्रमा परिचित छन् । उनले आफुलाई मन पर्ने महंगा खालका ‘ह्यान्ड ब्याग’ बोक्ने गरेकी छन् ।

उनले हालै इन्टाग्राममा विभिन्न ब्रान्डका महंगा ‘ह्यान्ड ब्याग’ लिएको तस्बिरहरु राखेकी छन् । उनले बोक्ने गरेका दर्जनौं महंगा र ब्रान्डेट ब्यागहरू देख्न सकिन्छ। उनले चनेल, प्राडा, कोच, गुची, ज्याक्कमसलगायतका महँगा विश्वस्तरी ब्रान्डका ब्यागहरू बोकेका तस्बिरहरू राखेकी छन्।

चनेलको ‘ब्लु क्याभिअर लेदर’

स्मिताले बोक्ने चनेल ११३ वर्षअघि फ्रान्सको पेरिसबाट उत्पादन सुरु गरेको ब्रान्ड हो। २०२३ को नोभेम्बरसम्म चनेलका ह्यान्डब्यागहरूको मूल्य तीनहजार डलरदेखि लिएर ११ हजार ५०० डलरसम्म पर्छ। स्मिताले बोकेको ‘ब्लु क्याभिअर लेदर’ ब्याग चनेलको २०१९ मा बनाइएको मोडल हो।

प्राडाको ‘सफियानो लक्स रि–इडिसन २००५’

स्मिताले अरु केही तस्बिरहरूमा अर्को चर्चित ब्रान्ड ‘प्राडा’ को शोल्डर ब्याग बोकेकी छन्। यो ब्याग अनलाइन सपिङ प्लेटफर्म ‘फेसनफिल’ले पछिल्लो पटक दुईहजार २६० डलरमा बिक्रीका लागि राखेको छ। बिहीबारको विनिमय दरअनुसार जसको नेपाली मूल्य तीन लाख दुई हजार भन्दा बढी हुन्छ।

गुचीको ‘जिजी मार्मोन्ट शोल्डर ब्याग’

त्यस्तै, स्मिताले इटालियन फेसन ब्रान्ड गुचीको एउटा शोल्डर ब्याग पनि बोकेका तस्बिर पनि इन्टाग्राममा राखेकी छन् । जुन ब्याग ‘पोशमार्क’ले एकहजार ९०० डलरमा सेलमा राखेको छ। जसको नेपाली मूल्य दुई लाख ५४ हजारको हाराहारीमा हुन आउँछ।

कोचको ‘ड्रिमर स्मल ह्यान्डब्याग’

अमेरिकी फेसन उत्पादक कम्पनी ‘कोच’ ब्रान्डको एउटा ह्यान्डब्याग पनि स्मिताले बोक्ने गरेकी छन्। ‘कोच ड्रिमर स्मल ह्यान्डब्याग’ नामक उक्त ब्यागको नेपाली मूल्य ८३ हजारभन्दा बढी हुन आउँछ। बेलायती अनलाइन सपिङ प्लेटफर्मले उक्त ब्यागलाई ४९५ पाउन्ड स्टर्लिङमा बेच्न राखेको देखिन्छ।

‘ज्याक्मस’को ‘चिक्विटो लेदर क्ल्च’

स्मिताले ज्याक्मसको सानो चिटिक्क ह्यान्डब्याग पनि बोक्ने गरेकी छन् उनले सेतो रंगको ‘चिक्विटो लेदर क्लट्च’ नाम दिइएको ब्याग बोक्ने गरेकी छन्। जसको मूल्य ८७० डलर पर्छ । जसको नेपाली मूल्य एक लाख १६ हजारभन्दा बढी हुन आउँछ। यीबाहेक पनि माइकल कोर्स, अमिका स्लेक्सिया लगायतका ब्रान्डका हज्जारौं पर्ने ह्यान्डब्यागहरू पनि स्मितासँग रहेको तस्बिरहरूमा देखिन्छ।

स्मिता प्रधानमन्त्री दाहालको प्रमुख स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन। गंगाको पहिलो विवाह भारतको सिलिगुडीका नारायणविक्रम प्रधानसँग विवाह भएको थियो। स्मिता नारायण र गंगाकी छोरी हुन्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?