बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको आयुर्वेद अस्पतालमा डाक्टर माथिल्लो तल्लामा वस्ने भएका कारण बिरामीलाई स्वास्थ्य सेवा लिन कठिनाई भएको छ ।
बारबर्दिया नगरपालिकाको पुरानो भवनमा माथिल्लो तलामा डाक्टरले विरामीको चेक जाँच गर्ने र औषधि वितरण तल्लो तलाबाट हुने गरेका कारण विरामीले थप कठिनाई झेल्नु परेको हो ।
डाक्टरलाई देखाउनका लागी माथिल्लो तला जानुपर्छ फेरि तल झरेर औषधि लिनुपर्ने हुन्छ डाक्टर तल्लो तलामा वसीदिएको भएपनि केहि राहत हुने विरामीहरुको भनाई रहेको छ ।
नगर स्वास्थ्य मगरागाडि आयुर्वेद औषधालय डाक्टर सुरेश पुनले विरामीको यो समस्या आफुले बुझेको बताउदै आफु तल्लो तलामा वसेपछि औषधी वितरण कार्य माथिल्लो तलाबाट हुन्छ जसरी पनि विरामीले थप कष्ट भोग्नुपरेको स्वीकार गर्दै पालिकाले कोठा तथा भवन उपलव्ध नगराएका कारण यो समस्या देखिएको बताउनु भयो ।
यस विषयमा नगर प्रमुख छबिलाल थारुले आफुलाई यो विषयमा जानकारी नभएको अहिले आफु काठमान्डौ भएका कारण फर्किए लगत्तै विरामीलाई सहज हुने खालको वातावरण मिलाउने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच