नवलपरासी । मोहन बैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले पश्चिम नवलपरासीमा विद्यार्थी जागरण अभियान सुरु गरेको छ ।
पछिल्लो समय विश्वविद्यालयहरुको अवस्था दयनीय भएको, देशको शिक्षा प्रणाली सुधार गर्नु पर्ने लगायतका बिषय राख्दै विद्यार्थी जागरण अभियान थालिएको क्रान्तिकारीले जनाएको छ । विश्वबविद्यालय र सामुदायिक विद्यालयहरुका व्यवस्थापन समितिमा शिक्षा सुधारका लागि राजनीतिक भागबन्डा बन्द गर्नु पर्ने, शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने, श्रममुखी पाठ्यक्रम लागू गर्नु पर्ने माग सहित जागरण अभियानको थालनी गरिएको आज बर्दघाट प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
‘नेपालमा भएका बिदेशी कलेजमा विद्यार्थीको चाप बढ्दो छ हाम्रा बिश्वबिधालयको अवस्था खस्कदो छ, आज विभिन्न मुलुकका भाषा पढाई हुने संस्थाहरुमा भिड छ, यसको मुल जड नै विद्यालयमा हुने राजनीति नै हो, यसको विरुद्धमा हाम्रो अभियान हो,’ अखिल क्रान्तिकारीका केन्द्रिय सह संयोजक विरेन्द्र शाहले भन्नुभयो ।
जिल्लामा विद्यार्थी छात्रवृत्ति, विद्यार्थी शुल्क, दर्ता बिना निजि विद्यालयहरु सञ्चालनलगायतका शैक्षिक बिषयहरु उठाउन गरेको जिल्ला इन्चार्ज सन्देश सापकोटाले बताउनु भयो । विद्यार्थी र सरकारी बिद्यालयहरुका वेतिथिलाई केन्द्रबिन्दुमा रखेर त्यसका विरुद्धमा अभियान सुरु गरिएको बताईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच