नवलपरासीमा अवैध खसी बोका र मोबाइल कभर बरामद

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरी ल्याएको करिब ५ लाख मुल्य बराबरका खसी बोका बरामद गरेको छ ।

नेपाल-भारत  सिमावर्ती नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका खसी बोका बरामद पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

सिमावर्ती भारतीय क्षेत्रबाट ल्याएर सरावल गाउँपालिका– ७ स्थित एक झाडीमा लुकाई राखेको अवस्थामा २६ जिउँदा खसी बोका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो।

ADVERTISEMENT

पक्राउ गरिएका खसी बोकाको मूल्य ५ लाख ७२ हजार मूल्याङ्कन गरिएको छ । सीमावर्ती भारतीय क्षेत्रहरूबाट खसी बोकालगायतका चौपायहरु स्वास्थ्य परीक्षण बिना नवलपरासी भित्रिने गरेका छन् ।

त्यसैगरी प्रहरीले १ लाख ५० हजार मूल्य पर्ने मोबाइलका कभर बरामद गरेको छ । भारतको ठूठीबारीबाट महेशपुर नाका हुँदै भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवाबाट ६ सय थान मोबाइलका कभर बरामद गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?