नवलपरासीमा अवैध खसी बोका र मोबाइल कभर बरामद

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरी ल्याएको करिब ५ लाख मुल्य बराबरका खसी बोका बरामद गरेको छ ।

नेपाल-भारत  सिमावर्ती नाकाबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका खसी बोका बरामद पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

सिमावर्ती भारतीय क्षेत्रबाट ल्याएर सरावल गाउँपालिका– ७ स्थित एक झाडीमा लुकाई राखेको अवस्थामा २६ जिउँदा खसी बोका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो।

पक्राउ गरिएका खसी बोकाको मूल्य ५ लाख ७२ हजार मूल्याङ्कन गरिएको छ । सीमावर्ती भारतीय क्षेत्रहरूबाट खसी बोकालगायतका चौपायहरु स्वास्थ्य परीक्षण बिना नवलपरासी भित्रिने गरेका छन् ।

त्यसैगरी प्रहरीले १ लाख ५० हजार मूल्य पर्ने मोबाइलका कभर बरामद गरेको छ । भारतको ठूठीबारीबाट महेशपुर नाका हुँदै भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवाबाट ६ सय थान मोबाइलका कभर बरामद गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?