काठमाडौं । बिवाइडी इण्डष्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिमेक्स इन्क प्रालिले देशका मुख्य-मुख्य स्थानमा ११ डिसी फास्ट चार्जर जडान गरी विद्युतीय सवारी साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ । नयाँ जडित फास्ट चार्जर देशका मुख्य शहर पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणगढ, अनामनगर, मूलकोट, बिर्तामोड, नक्साल र गुहृयेश्वरीमा स्थापना गरिएको छ ।
कम्पनीका अनुसार उल्लेखित चार्जरमध्ये १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिनेछन् भने मूलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जरबाट सुसज्जित छ । कम्पनीले यसअघि नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरेको हो ।
चार्जिङ पूर्वाधारको सर्वसुलभ र व्यापकताले सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धता अझै स्पष्ट पारेको बताइएको छ । कम्पनीले डिसेम्बरको अन्त्यसम्ममा थप १८ डिसी फास्ट चार्जर सञ्चालनमा ल्याइने जनाएको छ । बिवाइडी आट्टो ३ का लागि ८८ किलोवाटसम्मको डिसी फास्ट चार्जिङ प्रयोग गर्न सकिन्छ भने बिवाइडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ । जसले ३० देखि ४५ मिनेटमा बिवाइडी विद्युतीय सवारी साधन ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच