
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाउनुभएको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै सहसचिव घिमिरेलाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो । आयोगका अनुसार घिमिरेलाई यही मंसिर २५ गते सोमवारदेखि प्रवक्ता तोकिएको हो ।
गुल्मीको धुर्कोट गाउँपालिका-७ घर हुनुभएका घिमिरे विगत २१ महिनादेखि आयोगमै कार्यरत हुनुहुन्थ्यो । २०७८ सालमा सहसचिवमा बढुवा भएसँगै अख्तियारमा पदस्थापन हुनुभएका घिमिरे यसअघि अख्तियारको हेटौंडास्थित कार्यालयमा कार्यालय प्रमुख रहनुभएको थियो ।
२०६८ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका घिमिरेले निर्वाचन कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पर्यटन मन्त्रालयमा शाखा अधिकृतको रूपमा काम गरिसक्नुभएको छ । त्यसैगरी पर्यटन मन्त्रालय र राष्ट्रिय योजना आयोगमा उहाँले उपसचिवको रूपमा काम गर्नुभएको थियो । घिमिरे २०७३ सालमा शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच