जाडो बढेसँगै मुगु सिमा प्रहरी चौकीका प्रहरी सदरमुकाम तानिए

हिमालय टाइम्स
Read Time = 2 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । पछिल्ला दिनमा मुलुकभर चिसो बढ्दै गएको छ । विशेष गरी हिमाली जिल्लाहरुमा हिमपात सुरु भइसकेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले उत्तरी सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीहरुलाई जिल्ला सदरमुकाममा बोलाएको छ ।

अत्यधिक जाडो बढेपछि प्रहरी चौकी मुगुमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)सहित ११ जना प्रहरी जवानलाई ६ महिनाको लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र कर्णाली प्रदेश प्रहरी कार्यालयको आदेश बमोजिम मुगु सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीहरुलाई वैशाखसम्मका लागि जिल्ला तानिएको छ ।

गर्मी मौसम सुरु भएपछि ती प्रहरी कर्मचारीहरुलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने बताइएको छ । अब त्यहाँ करिब ६ महिनासम्म चौकी बन्द हुने छ ।

यो बेला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं. २ रह्रेको मुगु गाउका सबै स्थानिय जाडो छल्न घरमा ताला लगाएर वेशी झर्ने र हिमपातले नाका पनि बन्द भै सुनसान हुने गर्दछ । प्रहरी मात्र गाउमा बसेर कुनै काम नहुने भएकाले सिमा सुरक्षा प्रहरी चौकीमा कार्यरत प्रहरीलाई जाडोको सिजनमा जिल्लामा तानिदै आएको प्रनाउ थापाले बताउनु भयो ।

मुगु जिल्लामा नेपाल-चीन सिमाना नाक्चे लाग्ना नाका पर्दछ । यहाँ नेपाल-चीनको १३ नम्बर सिमा पिल्लर पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?