कांग्रेस जिल्ला उपसभापति रोकायाको घरको तेस्रो तला जलेर नष्ट, लाखौंको क्षति

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका निवासी तथा नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकायााको घरमा आज बिहान ९ बजे घरमा आगलागी भएको छ ।

घरको तेस्रो तल्लामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । आगलागीले तेस्रोको पुरै जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा, अन्य भएका सम्पूर्ण मालसामान जलेर नष्ट भएको छ आगलागी भएको घरको नियन्त्रणमा नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल नेपाल प्रहरी सहित स्थानीय लागि परेका छन् ।

आगलागी भएको घरको पूर्ण नियन्त्रणमा आउन सकेको छैन भने आंशिक नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा बालमन्दिर माध्यमिक बिद्यालयका बिद्यार्थी पनि लागि परेका छन् ।

आगलागी के कति कारणले भएको हो जानकारी आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । घरमा क्षतिको विवरण समेत आउन रहेको छ भने आगो नियन्त्रणमा ल्याउन सदरमुकामबासी लागि परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?